२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा मोरङ मधुमल्ला-५ का ५० वर्षीय डल्ले भन्ने तुलबहादुर सुर्जे मगरलाई जिल्ला अदालत मोरङले जेठ २५ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको छ ।
न्यायाधीश प्रकाश राउतको एकल इजलासले मगरलाई सो सजाय सुनाएको जिल्ला अदालत मोरङ ७ नम्बर इजलासका नायव सुब्बा गोपालप्रसाद आचार्यले बताए ।
पीडित महिलालाई ०७३ माघ ११ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरुद्ध कारबाहीको माग गर्दै माघ १२ गते इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिइन् । फरार रहेका आरोपितलाई फागुन २२ गते गिरफ्तार गरेर प्रहरीले मुद्दा प्रकृया अगाडि बढाएको थियो ।