INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता घटनाका आरोपित विरूद्ध उजुरी

सशस्त्र द्वन्द्व कालमा नेत्रप्रसाद बराललार्ई बेपत्ता पारेको भन्दै पोखरास्थित फुलबारी व्यारेकका तत्कालीन सुबेदार कृष्णबहादुर गुरुङविरूद्ध फागुन २९ गते पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएका छन् ।

२०६० साल कात्तिक १९ गते सुबेदार गुरुङको नेतृत्वमा खटिएको टोलीले कास्कीको भरतपोखरीबाट आफ्नो छोरा नेत्रप्रसाद बराललाई नियन्त्रमा लिएर बेपत्ता पारेको भन्दै पोखरा महानगरपालिका– ३० का अणनाथ बरालले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनु भएको हो ।

अणनाथ बरालले प्रहरी र सरकारी वकीलको कार्यालयमा उजुरी दिँदा नलिएपछि २०७८ मंसिर २७ गते उच्च अदालत पोखरामा उजुरी दिनु भएको थियो । उच्च अदालतले २०७९ मंसिर १३ गते उजुरी दर्ता गरी प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो । उहाँका अनुसार प्रक्रियागत रूपमा जाँदा उजुरीदर्ता गर्न केहि ढिला भएको हो ।

निवेदनमा गौरकानूनी पक्राउ र वेपत्ता सम्बन्धी कसुर अनुसार दोषीलाई कारवाही गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यायलका डीएसपी तथा प्रवक्ता श्रवणकुमार बि.क.ले उजुरी दर्ता भएको र अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताउनु भयो ।

अन्य

भिडियो