१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको गलकोट नगरपालिका– ८ मल्मका २१ वर्षीय विपिन थापालाई फागुन २८ गते गिरफ्तार गरेको छ ।
होली मेलाबाट फर्कने क्रममा घर पुर्याईदिने बाहाना बनाएर फागुन २४ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपित थापालाई उनकै घरबाट गिरफ्तार गरी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताउनुभयो ।
पीडित बालिकाको फागुन २५ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।