INSEC Online

📅 २०८३ जेष्ठ २१

हिरासत भित्र थुनुवाले गरे आत्महत्याको प्रयास

सल्यानको हिरासत कक्षमा रहेका बनगाड कुपिण्डे नगरपालिका–१२ का ३४ वर्षीय एक व्यक्तिले ०७९ फागुन २८ गते आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको हिरासतमा रहेका ती व्यक्तिले हिरासत कक्ष भित्र बिलेडले घाटी रेटेर आत्माहत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर सन्तोष खनालले जानकारी दिनु भएको हो । हाडनाता करणीको मुद्दाका आरोपित भएकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

इन्स्पेक्टर खनालका अनुसार हिरासत कक्ष भित्र रहेका थुनुवाले बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीको आँखा छलेर बलाङकेट ओढेर ओछ्यान भित्र बिलेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेको इन्स्पेक्टर खनालले बताउनु भयो ।

इन्स्पेक्टर खनालका अनुसार उक्त व्यक्ति बिहान अबेरसम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यानबाट रगत बगिरहेको देखेपछि हिरासतबाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो । घाँटीमा बिलेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको छ ।

जवरजस्ती हाडनाता करणी मुद्दामा उनलाई प्रहरीले ०७९ फागुन २५ गते गिरफ्तार गरेको थियो । उनलाई पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

प्रहरीको हिरासत भित्र रहेका थुनुवासँग बिलेड कसरी र कहाँबाट आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर खनालले जानकारी दिनु भएको छ ।

अन्य

भिडियो