७० वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिनाउ गाउँपालिका–६ करङतुङका २२ वर्षीय बिन्दुबहादुर रानालाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।
घरमा एक्लै रहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २६ गते जिल्ला अस्पतालमा गरिएको छ ।