वन डिभिजन कार्यालय बाराका वन अधिकृत ४९ वर्षीय विनोदकुमार सिंहलाई कोल्हवी नागरपालिका–५ का वडा अध्यक्ष ४५ वर्षीय नन्दकिशोर चौधरीले फागुन २७ गते अनुगमन स्थलमा दुर्व्यवहार गरेको आरोपमा वन कार्यालयको अनुगमन टोलीले कोल्हवी नगरपालिका–५ ककडी टोलबाट फागुन २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले दुर्व्यवहार तथा गालीगलौज गरेको र डिभिजन वन कार्यालयले रोपेका बिरुवा नष्ट गरेको भन्दै आरोपित विरुद्ध फागुन २७ गते डिभिजन वन कार्यालय सिमरामा उजुरी दिनुभएको छ । डिभिजन वन कार्यालयले डिभिजन वन कार्यालयको जमिनमा लगाएको बिरुवा नष्ट गरी बस्ति बसाल्ने नियत आरोपितको रहेकाले डिभिजन वन कार्यालयले गिरफ्ता गरी अनुसन्धान गरेको पीडितले बताउनुभयो । अनुगमनको अगुवाइ गरेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख माथि दुर्व्यवहार र सार्वजनिक सम्पत्ति नष्ट गरेको आरोपमा अनुसन्धान भइरहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।
वन डिभिज कार्यालयको अनुगमन टोलीलाई दुर्व्यवहार र बिरुवा नष्ट गरेको आरोपमा २४ दिन सम्म अनुसन्धान गर्ने अधिकार अनुसार वन विभिजन कार्यालयले अनुसन्धान गर्ने विषय भएको सिडिओ नवराज सापकोटाले बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयको अनुसन्धानलाई सहयोग गर्ने र वडा कार्यालयका सेवा सुचारु गर्न पहल गर्ने बताउनुभयो ।
बलात्कार गरेको कसुरमा एक वर्ष कैद
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले रामपुर