१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको घटनाका आरोपित शुभकालिका गाउँपालिका–२ का १९ वर्षीय नेत्र तिमलसेनालाई फागुन २४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले फागुन १६ गते साँझ छिमेकीको घरमा रमाइलो हेर्न जादै गर्दा बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले फागुन २० गते उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर सुबराज बमले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
युवकले बलात्कार प्रयास गर्न खोजेपनि फुत्कने क्रममा पीडित युवतीको पाखुरा र घाँटीमा सामान्य चोट लागेकाले फागुन १७ गते स्थानीय मेडिकलमा उपचार गरिएको थियो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।