INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा एक वर्ष ६ महिना कैद सजाय फैसला

११ वर्षीया बालिकालाई ०७९ वैशाख १५ गते यौन दुर्व्यवहार गरेको कसुरमा कालिका गाउँपालिका–३ बस्ने एनेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य ३९ वर्षीय गणेश विश्वकर्मालाई रसुवा जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेललेको इजलासले ०७९ फागुन १६ गते एक वर्ष ६ महिना कैद, १५ हजार रुपैयाँ जरिवाना, ५० हजार रुपैयाँ क्षतिपुर्ती पीडितलाई भराउने भनी फैसला गरेको छ ।

विश्वकर्माविरुद्ध वैशाख १६ गते इलाका प्रहरी कार्यालय कालिकास्थानमा उजुरी परेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पताल धुन्चेमा गरिएको थियो ।

विश्वकर्मा वैशाख १५ गते गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला अदालतमा जेठ ९ गते मुद्दा दर्ता गरेकोमा सोही दिन जिल्ला अदालतको आदेशबाट एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।

अन्य

भिडियो