१० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू मध्ये १४ वर्ष ८ महिना २४ दिनका बालकलाई जिल्ला अदालतले फागुन १८ गते पाँच वर्ष बालसुधार गृहमा राख्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले बिज्याईकर्तालाई पाँच वर्ष बालसुधार गृहका साथै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र १ हजार २ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको इजलाश अधिकृत कुमार सुवेदीले बताउनु भयो ।
बोदे बर्साइन नगरपालिका–८ काचनस्थित हरी महासेठको जग्गामा रहेको बाँसघारीबीच तितेपातीको झार जंगलमा २०७६ वैशाख ३१ गते बिहान आरोपितसहित तीन जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७६ जेठ १ गते उजुरी दिनु भएको थियो । आरोपितहरू विरुद्ध जिल्ला अदालतमा ०७६ जेठ २१ गते अभियोगपत्र दायर भएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७६ जेठ १ गते भएको थियो । सोही दिन इलाका प्रहरी कार्यालय कल्याणपुरले उजुरी दर्ता गरेको थियो ।
आरोपित ०७६ जेठ १ गते घरबाटै गिरफ्तार भएका थिए । अदालतको आदेशमा ०७६ जेठ २३ गतेदेखि आरोपित पुर्पक्षका लागि विरगञ्जस्थित बाल सुधार गृहमा थिए । कोभिड १९ को महामारीको जोखिमबाट जोगाउन बाल सुधार गृहमा रहेकालाई रिहा गर्ने निर्णयअनुसार ०७६ चैत महिनामा उनी रिहा भएका थिए । अन्य दुई आरोपित गिरफ्तार भएका छैनन् ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने