INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला गुराँस गाउँपालिका–६ का २५ वर्षीय पदम रावतलाई  फागुन १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ट्रक चालक रहेका आरोपित रावतले फागुन ८ गते ट्रकमा बस्न लगाएर खाँडाचक्र नपा–२ सुनार खोलामा रोकेर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिसँग टेलिफोनमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ९ गते गरिएको स्वास्थ्य  सेवा कार्यालयका प्रमुख डाक्टर रत्नविर सुनारले जानकारी दिनु भयो ।

अन्य

भिडियो