INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसूरमा आठ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–२ का २८ वर्षीय बिरेन्द्र सहनीलाई जिल्ला अदालत सर्लाहीले फागुन १५ गते आठ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश श्री रमेशकान्त अधिकारीको इजलासले आरोपितलाई कसूरदार ठहर गर्दै आठ वर्ष कैद सजाय र ५० हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति दिने गरी मुद्दाको अन्तिम फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

पीडित बालिकालाई सहनीले २०७६ असोज ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलङ्गवामा कात्तिक ६ गते उजुरी दिनुभएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ कात्तिक ७ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको थियो ।

सहनी पुर्पक्षका लागी सिन्धुली जिल्ला कारागारमा रहेको स्रेस्तेदार आर्यालले जानकारी दिनुभयो ।

 

अन्य

भिडियो