तिलाठी कोइलाडी गाउँपालिका–५ का १६ वर्षीय प्रवेशकुमार रायको हत्या घटनाको साढे १ वर्ष पछि फागुन १५ गते आरोपित १९ वर्षीय दिपक मुखिया अदालतमा हाजिर भएका छन् ।
मुखियासहित सोही ठाउँका २० वर्षीय रोशन राय र १७ वर्षीय बालकले ०७८ साउन १० गते हत्या गरी बेपत्ता बनाएको भन्दै पीडितकी आमा चन्द्रकलादेवी रायले ०७८ साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । बेपत्ता पीडितको शव सडेगलेको अवस्थामा ०७८ साउन १८ गते तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित दादर खोलामा फेला परेको थियो ।
शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन १९ गते पोष्टमार्टम भएको थियोे । प्रहरीले आरोपितहरूमध्ये रोशन र बालकलाई ०७८ साउन २९ गते गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले ०७८ साउन २९ गते उजुरी दर्ता गरेको थियो ।
जिल्ला अदालतमा ०७८ भदौ १७ गते उजुरी दायर भएकोमा अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीको आदेशमा भदौ २० गते आरोपित रूपेश पुर्पक्षका लागि कारागारमा थुनामा पुगेका छन् भने बालक बालसुधार गृह विरगञ्जमा छन् । अदालतमा हाजिर भएको आरोपित मुखिया पनि जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले फागुन १५ गते पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेका छन् ।
मधेस प्रदेशको मानव अधिकार अवस्था बारे प्रदेश प्रमुखसँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम नेतृत्वको