INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट गर्ने विरुद्ध उजुरी दर्ता

४० वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा राजविराज नगरपालिका–९ जगदरी टोलका ५० वर्षीय अकबर मियाँ, निजकी पत्नी ४८ वर्षीया हजरुणवती खातुन र उनीहरूका छोराहरू ३० वर्षीय सोकत अली, अर्का छोरा २८ वर्षीय जाबेद अली विरुद्ध प्रहरीले फागुन १४ गते उजुरी दर्ता गरेको छ ।

उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेश पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको र आरोपितहरू विरुद्ध जिल्ला अदालतबाट फागुन १४ गते पक्राउ पुर्जी समेत जारी भएको अदालतले जनाएको छ ।

आरोपितहरूले ०७८ चैत २ गते पीडितलाई कथित बोक्सीको आरोप लगाई गालीगलौज र कुटपिट गरेको पीडितले बताउनु भयो ।

अन्य

भिडियो