धुनीबेसी नगरपालिका–७, निर्वेश्वरमहादेब मन्दिरमा बस्ने ८४ वर्षीय बलराम उप्रेतीको हत्या गरेको आरोपमा धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषेत्तम बानियाँलाई प्रहरीले ०७९ फागुन १४ गते गिरफ्तार गरेको छ ।
उप्रेतीले बुझेर ल्याएको वृद्धभत्ता रकम फागुन १० गते राती घरमा लुट्न जाँदा आरोपितले उप्रेतीमाथी कुटपिट गरि घाइते पारेको थियो ।
उप्रेतीको छिमेकी र प्रहरीको सहयोगमा उद्धार गरि काठमाडौँ स्थित नेपाल भारतमैत्री अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा फागुन १४ गते मृत्यु भएको थियो ।
घटनापछि आरोपित फरार भएका थिए ।
प्रहरीले आरोपितलाई धुनीबेसी नगरपालिका–६, चालिसेबाट गिरफ्तार गरि फागुन १५ गते जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।