INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार तिवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारीलाई जेठ २२ गते बेलुका खाजा खाँदै गरेको अवस्थामा तीन/चार जनाको समूहमा आएका युवाहरूले एक्कासी मोविल खन्याएर आक्रमण गरेको भन्दै महासङ्घ पर्साका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द साहलाई भेटी घटनामा संलग्नलाई २४ घण्टा भित्र गिरफ्तार गर्न माग गरेको छ ।

उपाध्यक्ष तिवारीको शरीरमा मोविल खन्याएको आरोपमा पोखरीया नगरपालिका घर भई हाल वीरगञ्ज-१२ का सुजीत गिरी, कृष्ण चौरसिया, वीरगञ्ज-१३ का अजय बाबु साफीविरुद्ध नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

महासङ्घले घटनामा संलग्न आरोपित उनीहरूलाई गिरफ्तार नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । सञ्चार सम्बद्ध नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका सचिव युवराज खडका, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष जितेन्द्र साह, मधेश मिडिया मिसनका प्रमोद यादवले अलगअलग विज्ञप्ति निकालेर घटनको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । पत्रकार तिवारीको शरीरमा मोविल खन्याउनेहरू सङ्घीय समाजवादी फोरमसँग आबद्ध रहेका छन् ।

अन्य

भिडियो