INSEC Online

📅 २०८३ जेष्ठ २१

वडा अध्यक्षद्वारा कर्मचारीमाथि कुटपिट

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ का इन्जिनियर लक्ष्मण जिसीमाथि वडा अध्यक्ष रामबहादुर गुरुङद्वारा फागुन १२ गते कुटपिट भएको छ ।

पीडित जिसीले वडा अध्यक्ष गुरुङले आफ्नै कार्यकक्षमा कुटपिट गरेको बताउनु भयो । वडा अध्यक्ष गुरुङले भने सामान्य भनाभन हुँदा धकेला धकेलमात्र भएको बताउनु भयो ।

वडा अध्यक्ष गुरुङलाई कारवाहीको माग गर्दै जिसीले फागुन १२ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनु भएको छ । जिसीमाथि भएको कुटपिटको घटनाप्रति कास्कीका विभिन्न कर्मचारी सङ्गठनहरूले आपत्ति जनाएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, निजामती र एकीकृत सरकारी कर्मचारी सङ्गठनले संयुक्त रुपमा विज्ञप्ति जारी गरी दोषीलाई कडा कारवाही र घाइतेलाई उचित क्षतिपूतिको माग गरेको प्रहरीको भनाई छ  ।

अन्य

भिडियो