विष्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका–३३ भरतपोखरी ठूलढुङ्गाका दुई जना बालकको स्वास्थ्य उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगी इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले फागुन १२ गते घाइते बालकका अभिभावक मीलन चौधरी र विष्णुमाया तामाङलाई पाँच/पाँच हजार रुपियाँ सहयोग गर्नुभएको हो ।
फागुन ९ गते विष्फोटक पदार्थ पड्कँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका पीडित बालकका अभिभावकले बताएका छन् । माइकल स्थानीय शिशु कल्याण माविको कक्षा ८ मा र सविन कक्षाा ५ मा अध्ययनरत रहेको पनि अभिभावकले बताएका छन् ।
दुवै परिवारले सामान्य ज्याला मजदुरीको काम गर्दै आएको र आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या आएकाले इन्सेकले उक्त सहयोग गरेको जनाएको छ ।