INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राइनास नगरपालिका– १० का ३५ वर्षीय भक्त बहादुर गुरुङलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा आरोपित विरूद्ध उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनुभयो । पीडित पक्षको उजुरी का आधारमा आरोपितलाई प्रहरीले फागुन १० गते गिरफ्तार गरेको हो ।

 पीडित बालिकाको स्वास्थ्य परीक्षण लमजुङ अस्पताल लमजुङमा फागुन १० गते भएको थियो ।

अन्य

भिडियो