INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बेलका नगरपालिका–९ भचुवाकी २३ वर्षीया इनिशा खत्रीको फागुन ११ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पनि विनोद खत्रीलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

बेलका नगरपालिका–६ स्थित वाबुङ्ला सामुदायिक वनमा फागुन ११ गते घाँस काट्न गएको अवस्थामा आरोपितले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदमबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पत्नीको हत्यापछि आरोपित फागुन ११ गते इलाका प्रहरी कार्यालय रामपुरमा आत्मसमर्पणका लागि पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले बताउनु भयो ।

मनोसामाजिक समस्या भएका आरोपित विनोदले घरायसी विवादका क्रममा पत्नीको हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा फागुन १२ गते गरिएको छ ।

पीडित पक्षले फागुन १२ गते शव बुझी बेलका नगरपालिका–८ लाहुरेखोँचस्थित कोशी नदीमा सद्गत गरेको छ ।

अन्य

भिडियो