२२ वर्षीया फरक क्षमता (सुस्त मनस्थिति) की महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाँंगुनारायण नगरपालिका–७ का २४ वर्षीय राज लामिछानेलाई प्रहरीले ०७९ फागुन १० गते गिरफ्तार गरेको छ ।
चाँगुनारायण–५ छालिङमा स्थानीय राजकुमार गिरीले सञ्चालन गरेको गेष्ट हाउसको कोठाको बाथरुममा ढलिरहेको महिलाको प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोलीले उद्धार गरि भक्तपुर अस्पतालमा उपचारका लागि पुर्याएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिनुभयो ।
महिला फागुन ९ गते राति राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेको र बिहान फरार रहेका लामिछानेलाई सिसिटिभी फुटेजको आधारमा प्रहरीले भक्तपुरबाट गिरफ्तार गरेको एसपी केसीले जानकारी दिनुभयो ।
पीडित महिलाको भक्तपुर अस्पतालमा फागुन १० गते स्वास्थ्य परीक्षण गरियो ।
प्रहरीले गेष्ट हाउस सञ्चालक चागुनारायण–५ बस्ने ४१ वर्षीय राजकुमार गिरीलाई समेत गिरफ्तार गरी अनुसन्धान भइरहेको केसीले जानकारी दिनुभयो ।