१४ वर्षीया बालिकालाई ०७९ वैशाख २७ गते बलात्कार गरेको आरोपमा मकवानपुर राक्सिराइ-५ बस्ने २२ वर्षीय बिनोदकुमार थिङलाई चितवन जिल्ला अदालतका न्यायाधीश मोहन आचार्यको इजलासले ०७९ फागुन १० गते १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
आरोपितविरुद्ध जेठ १३ गते इलाका प्रहरी कार्यालय मुग्लिनमा उजुरी परेको थियो । पीडितको सोही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपित जेठ १३ गते गिरफ्तार भएका थिए ।
प्रहरीले जिल्ला अदालतमा असार ६ गते मुद्दा दर्ता गरेकोमा सोही दिन न्यायाधीश प्रकाश अधिकारीको इजलासको आदेशले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।