२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका– ३ का ३९ वर्षीय सुभास कार्कीलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७९ फागुन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध फागुन ४ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई फागुन ७ गते घर नजिकैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिनु भयो ।
पीडितको फागुन ४ गते जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास अस्पताल बेलचौतारामा स्वास्थ परिक्षण गरिएको छ ।