INSEC Online

📅 २०८३ जेष्ठ २१

जुनिचाँदेका दुई वडा कार्यालय तोडफोड

जुनिचाँदे गाउँपालिका जाजरकोटका दुई ओटा वडा कार्यालय अज्ञात व्यक्तिले तोडफोड गरेका छन । ०७९ फागुन ५ गते राति सोही पालिकाको ३ र ५ नम्वर वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवत्ता एवम् २ नम्वर वडाका अध्यक्ष राम बहादुर नेपालीले बताउनु भएको छ ।

वडा नम्वर ३ को वडा कार्यालयमा लगाइएको मुल ढोकामा ताला फोडेर ल्यावटप, महत्वपूर्ण कागजात चोरी भएका छन् भने वडा नं– ५ को वडा कार्यालयमा दुई वटा ल्यावटप, प्रिन्टर, नागरिकता सम्बन्धि फाइलहरू चोरी भएको वडा अध्यक्ष नेपालीले जानकारी दिनु भएको छ ।

वडा कार्यालय तोडफोड भएको सूचना थाहा भएपछि घटनास्थलमा पञ्चला दहबाट खटिएको प्रहरी टोली घटनाको आवश्यक अनुसन्धान गरिरहेको डीएसपी सन्तोष रोकाले बताउनु भएको छ । डिएसपी रोकाले भन्नु भयो घटनास्थलमा प्रहरी पुगिसकेको र घटनामा संलग्नहरूको समेत खोजी भइरहेको छ ।

अन्य

भिडियो