१३ वर्षीया बालिकालाई ०७९ जेठ ३ गते बलात्कार गरेको आरोपमा कालिका नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-११ बस्ने ४० वर्षीय श्याम तामाङलाई चितवन जिल्ला अदालतका न्यायाधीश मोहन आचार्यको इजलासले माघ २७ गते १८ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
साथै पीडितलाई एक लाख क्षतिपुर्ति भराउने फैसला भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।
आरोपितविरुद्ध ०७९ जेठ ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको थियो । पीडितको सोही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपित जेठ ५ गते गिरफ्तार भएका थिए ।
प्रहरीले जिल्ला अदालतमा जेठ २४ गते मुद्दा दर्ता गरेकोमा सोही दिन न्यायाधीश केशव अधिकारीको इजलासको आदेशले पूर्पक्षका लागि थुनामा गएका थिए ।