INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पातलमा औषधी अभाव हुँदा विरामीहरू मर्कामा

जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचार गर्न आउने विरामी मध्ये सबै भन्दा  बढी बालबालिकाहरू मर्कामा परेका छन । १५ शैयाको जिल्ला अस्पतालमा माघ १ गते देखि जिल्ला अस्पातलमा औषधी अभाव हुँदा उपचार गर्न आउने विरामीहरु मर्कामा परेका हुन ।  डाक्टरले लेखेको औषधी निजी मेडिकलमा किनेर सेवन गर्न बाध्य भएको बिरामीहरूको गुनासो रहेको छ ।

जिल्ला अस्पातलमा हाल सबै भन्दा बढी अभाव बच्चाहरूलाइै ज्वरो आउदा  दिईने बेबी सिरप, कफसिरप र ठायनीलिन छन । जिल्ला अस्पतालमा पाईने निशुल्क औषधी पाउने जानकारी भएपनि आफनो बच्चालाई ज्वरो आएपछि चेकजाँच गर्न जाँदा डाक्टरले औषधी नभएको भन्दै मेडिकलमा किनेर लैजाने भन्नु भयो । आफुले डाक्टरको लेखिदिएको अनुसारको औषधी मेडिकलबाट किनेर लगेको छाँयानाथ रारा नगरपालिका—४की जौमति भियालले बताउनु भयो । छातिमा समस्या भएर जिल्ला अस्पातलमा माघ २६ गते अस्पातालमा चेक जाँच गर्न पुग्नु भएकी छाँयानाथ रारा नगरपालिका—११ की धनदेबी बुढालाई बच्चालाई सेवन गर्ने औषधी अस्पातलमा सकिएको भन्दै मेडिकलमा किनेर लैजान डाक्टरले सल्लाह दिएको बताउनु भयो ।

गाँउमा भएको स्वास्थ्यचौकीमा औषधी पाउन मुस्किल हुन्छ । अस्पातलमा पुग्दा राम्रो औषधी र डाक्टरको चेक जाँचको आशामा विरामी पुग्छन । डाक्टरबाट चेकजाँच पाएको भएपनि डाक्टरले लेखेको औषधी पाउन मुस्किल हुन्छ । डाक्टरले लेखेको औषधी जिल्ला अस्पातलमा नपाउँदा बिरामीहरु निजी मेडिकलमा जानुपर्ने बाध्यता भएको छ ।

जिल्ला अस्पातलमा आउने सबैखाले निशुल्क औषधी सबै पुग्दैन आएको औषधी विरामीको समस्या अनुसार  डाक्टरको सल्लाह अनुसार विरामीले पाउदै आएका छन । केही औषधी अस्पातलमा नहुदा विरामीले बाहिरबाट किनेर सेवन गर्नु परेको होला तर सबै औषधी अभाव छैन । औषधी अभाव भएको भए तत्काल औषधीको व्यवस्था गर्नकालागि स्टोर फाँटसंग जानकारी लिएर औषधी माग गर्न सकिने डाक्टर कर्णराज भामले बताउनु भयो । डाक्टर भामका अनुसार मौसमी विरामीको संख्या बढेपछि औषधीको अभाव हुन्छ ।

अन्य

भिडियो