INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोलङ गाउँपालिका–१ का ३८ वर्षीय कृष्ण गिरीलाई २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ २४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार नविन खनालले बताउनु भयो ।

पीडित महिलालाई आरोपितले ०७३ मङ्सिर १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७३ चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

प्रहरीले जिल्ला अदालतमा ०७४ वैशाख १९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

तर आरोपित फरार भएपछि तत्कालीन जिल्ला न्यायाधीश कैलाश केसीको ०७५ जेठ २१ गतेको इजलासले मुद्दा मुतलबीमा राखिएको थियो ।

उक्त मुद्दा पुनः ०७९ असोज २७ गते जिल्ला अदालतमा दर्ता भएर कारवाही प्रक्रिया अघि बढेको थियो ।

न्यायाधीश टिकाराम आचार्यको ०७९ माघ २४ गतेको इजलासले कैद सजायको फैसला गरेको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७३ चैत २८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो