INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद फैसला

७० वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले रिब्दीकोट गाउँपालिका–४ का २७ वर्षीय सञ्जय सुनारलाई माघ २६ गते सात वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई सात वर्ष कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनु भयो ।

पीडितलाई आरोपितले २०७९ वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई वैशाख ४ गते घरबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ४ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो