२५ वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवर्षी नगरपालिकाका ५८ वर्षीय ससुरालाई माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले धम्की दिएर ०७८ फागुन १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ माघ २४ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टिकाबहादुर कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २५ गते गरिएको छ ।