INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई राजपुर नगरपालिका—३ का २१ वर्षीय शेख मोजरे आलम भन्ने रेहानले ०७९ माघ १० गते बलात्कार गरेको आरोपमा पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय गौरमा माघ २३ गते उजुरी दिएकी छिन् । पीडित बालिका घरमा बसीरहेको अवस्थामा आरोपीतले बकैया नदिको किनारमा फोनबाट बोलाएर धाक धम्की दिई बलात्कार गरेको पीडितले बताईन । पीडित पक्षले आरोपीत विरुद्ध जबजस्ती करणी शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा माघ २४ गते उजुरी दर्ता गराएको डिएसपी सुनिल मल्लले बताउनुभयो । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल गौरमा माघ २३ गते भयो । आरोपीत फरार रहेकोले अनुसन्धान भइरहेको डिएसपी मल्लले बताउनुभयो ।

अन्य

भिडियो