सान्नित्रिवेणी गाउँपालिका–४ की २३ वर्षीया कोपिला शाहीलार्ई उनका पति २३ वर्षीय पुष्प थापा, उनका ससुरा ५२ वर्षीय टेकबहादुर थापा, सासु ४५ वर्षीया लक्ष्मी थापाले कुटपिट गरी घर निकाला गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटमा पीडितले माघ २४ गते उजुरी दिनु भएको छ ।
पति समेतका घरपरिवार मिलेर घरमा बस्न नदिई ०७९ मङ्सिर २५ गते कुटपिट गरि घर निकाला गरेपछि हालसम्म वास्ता नगरेको भन्दै पीडित शाहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको जानकारी दिनु भएको हो ।
पीडितले इन्सेक प्रतिनिधिसँग भन्नु भयो “ विवाह गरेको ६ महिनामा पति भागेर गएको घरमा बस्ने अधिकार छैन भन्दै सासु र ससुराले पटक पटक म माथि हातपात गर्ने, खाना नदिने, कुटपिट गरि घरबाट निकालेपछि आमाको आश्रयमा बसिरहेकी हुनाले प्रहरी समक्ष उजुरी दिनु परेको हो ।”
पीडितको उजुरी आएपछि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी गराउनु भएको छ ।
घरपरिवारले कुटपिट गरि घर निकाला गरेपछि पीडित हाल आमाको आश्रयमा जिल्ला सदरमुकाम मान्ममा बसिरहनु भएको छ ।
पीडित मानव अधिकार रक्षक जिल्ला सञ्जालका सदस्य पनि हुनु हुन्छ ।