रोल्पा जिल्ला लुङग्री गाउँपालिका–६ गुम्चाल घर भई घोराही उपमनपा–१९ मा मजदुरी गर्ने ४४ वर्षीया गोबिना बुढाथोकीको हत्या आरोपमा प्रहरीले ४९ वर्षीय पति कृतिमान बुढाथोकीलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
घरयासी विवादमा माघ २१ गते ढुङ्गाले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनराज गौतमले जानकारी दिनुभयो ।
ढुङ्गा प्रहारबाट घाइते भएकी गाबिनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम माघ २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरी परिवारलाई जिम्मा लगाइएको छ ।