२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७९ माघ २२ गते मेलम्ची बजारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई ०७९ पुस १९ गते घरमा बसेका बेलामा धाक धम्की दिएर आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितले आरोपितविरुद्ध माघ १२ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिव यादवले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो ।