कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षणका लागि नेपाल सरकारको पाचाैँ तहको एक जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको भएता पनि ०७९ जेठ महिना देखी उक्त पद रिक्त रहेको छ । जसका कारण सामान्य स्वास्थ्य समास्याका लागि पनि कैदीबन्दीहरूलाई जिल्ला अस्पताल लैजानुपरेको छ ।
कारागारमा हाल ४ जना कैदीबन्दीहरू जटिल मानसिक रोगी र १६ जना कैदीबन्दीहरू सामान्य मानसिक रोग बाट ग्रसित भएकाले नियमित औषधि सेवन गरिरहेका छन् । कारागारमा ६८ वर्ष नाघेका ४ जना कैदीबन्दी रहेका छन् ।
बढ्दो उमेर संगै स्वास्थ्यमा समस्या आइरहने हुदा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी नहुदा समस्यामा परेका छन् । कारागरामा हाल नियमित औषधि सेवन गर्ने सुगर, प्रेसर, मुटुरोग र ग्यास्ट्रीकका दिर्घरोगी २२ जना रहेका छन् ।
सामान्य स्वास्थ्य समस्याको बेलैमा उपचार गर्न नसक्दा विस्तारै रोग जटिल बन्दै जाने र सोही रोगको उपचारका लागि ठुलो रकम खर्च हुन सक्ने वालिङ् प्राथमिक स्वास्थ्य केन्द्रका डा. नारायण गोदार बताउनुहुन्छ ।
दरबन्दी अनुसारको कर्मचारी नहुँदा हाल साधारण स्वास्थ्य समास्याका लागि पनि जिल्ला अस्पताल धाउनु परेको जेलर चुडामणि भण्डारीले बताउनुभयो ।
कर्मचारी व्यवस्थापनका लागि प्रमुख जिल्लाअधिकारी सँग पटक पटक भनिरहेता पनि हाल सम्म कुनै व्यवस्था नभएको जेलर चुडामणि भण्डारीले बताउनुभयो ।