INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय राम भरोसी विनविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ १८ गते उजुरी दिनु भएको छ ।

पीडित महिलालाई आरोपितले माघ ४ गते पिडित कै फूलबारी आगँनमा यौन दुर्व्यवहार गरेको हो । आपूmविरुद्ध उजुरी दिएको जानकारी भएपछि आरोपित बिनले ’फरार’ रहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी विजय यादवले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १९ गते सर्लाही जिल्ला अस्पताल मलङ्गवामा गरिएको गरिएको छ ।

अन्य

भिडियो