१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् ।
आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी बालिकाको संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गरी फरार रहेका आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
घुम्ती पसलमा हरहिसाब हेर्दै गरेको बेला आरोपितले माघ ८ गते यौन दुर्व्यवहार गरेर फरार भएको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ ९ गते उजुरी दिनुभएको थियो । संवेदनशील अंगमा हात हालेर दुर्व्यवहार गर्दा बालिकाले रुन कराउन थालेपछि आरोपित फरार भएको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ १० गते भयो ।