INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी हिरासतबाट ६ जना फरार

thunuwa room 3

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल फुटाएर माघ १६ गते फरार भएका छन् । सात जना थुनुवा रहेका थुनुवा कक्षको दक्षिणतर्फको पर्खाल फुटाएर ६ जना थुनुवा फरार भएका छन् । एक जना मोटरसाइकल दुर्घटनाका थुनुवा नभागेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले बताउनुभयो । थुनुवाहरू थुनुवा कक्षमा भएकाले हत्तकडी नलगाएको र पुरानो भवन भएकाले इटा फुटाएर भागेको प्रहरी इन्स्पेक्टर यादवले इन्सेक धनुषा प्रतिनिधीलाई बताउनुभयो ।thunuwa room
फरार हुनेहरूमा हातहतियार तथा खरखजाना मुद्दाका आरोपित शंकर महतो, रोशन कुमार महतो, लागुऔषधका आरोपित विनोद कुमार शर्मा, अन्य मुद्दाका आरोपित अनिष मण्डल र रोशन यादव, अभद्र व्यवहारका आरोपित हरि घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रशिक्षण प्राप्त कुकुर परिचालन गरि घटनाबारे तिब्र रुपमा अनुसन्धानलाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताउनुभयो ।

अन्य

भिडियो