INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तरजातीय विवाह गरेको आरोपमा परिवारले घर छाडन दबाव दिएको आरोप

डुडुवा गाउँपालिका-५ की २० वर्षीया सीमा परियारलाई अन्तरजातीय विवाह गरेको आरोपमा घर परिवारले घर छोडन दबाव दिँदै आएको पीडितले आरोप लगाएकी छन् । नेपालगञ्जमा जेठ १८ गते पत्रकार सम्मेलन गर्दै पीडितले उक्त अरोप लगाएकी हुन् ।

गाउँकै २२ वर्षीय प्रेमप्रकाश क्षेत्रीले एक वर्षअघि उनीसँग प्रेमविवाह गरेका थिए । पीडित महिलाले आफूलाई पति प्रेम र सासू हीरा क्षेत्रीले घर छाड्न दबाव दिँदै आएको र जबरजस्ती गर्भपतन गराउन बाध्य बनाएको बताइन् । उनले भनिन्-‘घर परिवारले तल्लो जातको भन्दै पटकपटक कुटपिट र हिंसा गर्दै आएका छन् ।’ आफूले छोएको खानेकुरासमेत घरपरिवारका अन्य सदस्यले नखाने गरेको सीमाले गुनासो गरिन ।

क्षेत्रीसँग दलित परिवारको विवाह हुनै सक्दैन भनेर घरपरिवारले बारम्बार दलित भन्दै गालीगलौज र घरबाट निकाल्ने धम्की दिँदै आएको उनले आरोप लगाइन् ।

आरोपित प्रेमप्रकाश क्षेत्री भन्छन-‘पत्नीले कँही काम गर्न जान दिन्नन् र काम गर्न जाने बित्तिकै खोजतलास गरी हाल्छिन् ।’ दलित भनेर कहिल्यै पनि हेला नगरेको प्रेमप्रकाशले प्रतिकृया दिए ।

जिल्ला प्रहरी कार्यालयकी असई श्यामकुमारी पाइजाले लामो समयदेखि घर परिवारसँग विवाद हुँदै आएको भए पनि मिलापत्र गरेर पठाउने गरेको बताइन् । उनले पत्रकार सम्मेलन गरी घरनिकाला गरेको चाँही आफूलाई जानकारी नभएको बताइन् ।

अन्य

भिडियो