१५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ३३ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ ।
०७९ असोज ४ गते आफ्नै छोरीलाई डर धम्की देखाएर बलात्कार गरेको आरोपमा बालिकाकी आमाले ०७९ माघ ७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई प्रहरीले माघ ८ गते बुटवलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताउनुभयो ।
पीडित बालिकाकी आमाले माघ ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिनुभएको छ ।
बालिकाको माघ ८ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।