५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।
पीडितलाई ०७९ पुस २० गते आफ्नै घरमा बसेको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले पुस २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आरोपित बुढाथोकीविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरियो ।