१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-५ का १८ वर्षीय दिपेन्द्र मण्डल र १७ वर्षीय बालकलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले जेठ १३ गते सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी यादवराज उप्रेतीले बताए ।
पीडितले जेठ १४ गते इलाका प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा जेठ १४ गते गरिएको छ ।