गढी गाउँपालिका–२ औरावनीकी २३ वर्षीया प्रीतिकुमारी पण्डितले विवाह दर्ता, नागरिकता र बच्चाको जन्म दर्ता २९ वर्षीय पति मोहनारायण पण्डितले नदिलाएका कारण न्यायका लागि पहल गरीदिन माघ ५ गते इन्सेकलाई निवेदन दिनु भएको छ ।
०७५ मा मोहनारायणसँग विवाह गर्नु भएकी प्रीतिकुमारीले पतिले व्यक्तिगत घटना दर्ता नगरी दिएका कारण आफूसहित बच्चाले हैरानी खेप्नु परेका कारण न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरी प्रतिनिधिलाई निवेदन दिनु भएको हो ।
पतिले खान लाउन नदिएको र घर निकाला गरिदिएकाले न्यायका लागि पहल गरीदिन पीडितले इन्सेकलाई आग्रह गर्नु भएको छ ।
पीडितको निवेदन आएपछि इन्सेकले पीडितलाई साथमै लिएर जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालसँग पहल गरी न्यायका लागि आग्रह गरेको छ ।
पीडितले इन्सेकलाई दिएको निवेदनसहित इन्सेकले न्यायका लागि पहल गरीदिन जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकाललाई निवेदन दिन लगाएर तत्काल मोहनारायण पण्डितलाई कार्यालयमा झिकाई विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाई दिन आग्रह गरेको छ ।
एसपी ढकालले मुद्दा शाखालाई पीडित भनिएकी प्रीतीका पतिलाई झिकाई विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाई दिन निर्देशन दिनु भएको छ ।
