१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका २५ वर्षीय बिक्रम श्रेष्ठलाई पुस २८ गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक पुस २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २८ गते गरिएको छ ।