१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला घर भइ महालक्ष्मी नगरपालिका–८ लुभुमा बस्ने २१ वर्षीय रामकरण सावलाई ०७९ पुस २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई ललाइ फकाइ आरोपितको निवासमा लगी पुस २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पुस २२ गते पीडित पक्षले जिल्ला प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।
घटना पछि लुकीछिपी हिँडेका आरोपितलाई उनकै निवासबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी प्रवीण पोखरेलले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २८ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।