२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-५ बिञ्जेलका २८ वर्षीय रामहरी तिमल्सिनालाई ०७९ पुस २७ गते चौतारा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ ।
घटनापछि आरोपित फरार भएका थिए । प्रहरीको खोज तलासपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनुभयो ।
आरोपितले पुस १७ गते पीडितलाई बिञ्जेल स्थित बाटोमा हिँडिरहेको अवस्थामा समातेर बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परिक्षण पुस १९ गते चौतारा अस्पतालमा भएको चौतारा अस्पतालका सूचना अधिकारी चुडामणी पुरीले जानकारी दिनुभयो ।