INSEC Online

📅 २०८३ जेष्ठ २१

खुकुरी प्रहार गरी महिलाको हत्या

हलेसी तुवाचुङ नपा-७ महादेवस्थान हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मालाई अपरिचित व्यक्तिहरूको समूहले जेठ १६ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्कँदै गरेकी बिकको हलेसी-दिक्तेल सडकको घुम्तीबाट इलाका स्वास्थ्य चौकी हलेसी जाने बाटोमा हत्या भएको हो । हत्यापछि पीडितले लगाएको औँठी, फुली र सौभाग्य समेत लुटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधारले हत्याको पुष्टि भएको बताउँदै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना पश्चात घट्नास्थलको प्रकृति मुचुल्का, शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धानपछि जेठ १७ गते जिल्ला अस्पताल दिक्तेलमा शवको पोष्टमार्टम भएको डिएसपी प्रधानले बताए । घटना कसले र किन गराएको हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

अन्य

भिडियो