१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–३ का १९ वर्षीय राज पालुङवा लिम्बूलाई पुस २४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्ष आरोपितविरूद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फुङलिङ नगरपालिका–३ जङ्गल क्षेत्रबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कैलाश राईले बताउनु भयो ।
छोरीले घटनाका विषयमा भनेपछि आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २५ गते गरिएको अस्पतालका डाक्टर सुरेन्द्र लिम्बूले बताउनु भएको छ ।