INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिबाटै अदानचुली गाउँपालिकमा तालाबन्दी

अदानचुली गाउँपालिकाको प्रशासकीय भवनमा जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन् ।

लामो समयपछि कार्यालयमा पुगेका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई हाजिर गर्न नदिने भन्दै गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको नेतृत्वमा गएका जनप्रतिनिधिले पुस २१ गते कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लामो समय बसेका प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापा पुस २१ गते हाजिर गर्न कार्यालय पुगेका बेला उपाध्यक्ष रोकायाको नेतृत्वमा गएका वडा नम्बर–३ का वडा अध्यक्ष डिले फडेरा र वडा नम्बर–४ का वडा अध्यक्ष मनऋषी पाण्डे लगायतले दुवै जनालाई कार्यालयबाट निकालेर ताला लगाएका हुन् ।

उपाध्यक्षको नेतृत्वमा कार्यालयमा ताला लागेपछि कार्यकक्षमा पुगेका निमित्त कार्यकारी अधिकृत, लेखापाल सहित गाउँपालिकामा आएका चार जना नयाँ कर्मचारीले समेत हाजिर गर्न पाएका छैनन् ।

अधिकृत शाही र लेखापाल थापाले कार्यपालिकामा कुनै छलफल नगरी सुर्खेतबाट गाउँपालिकाको ३ करोड रुपियाँ विभिन्न व्यक्तिको खातामा निकासा गरेको विषय छलफल नहुञ्जेलसम्म ताला नखुलाउने वडा नं ४ का अध्यक्ष पाण्डेले शाही र थापालाई हाजिर गर्न नदिने भन्दै कार्यालयबाट बाहिर निकालेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनदत्त ढकालले बताउनु भयो ।

गाउँपालिकामा तालाबन्दी गरेपछि यतिखेर स्थानीयका दैनिक सेवा प्रवाहमा समस्या भएको स्थानीय कुसुम बुढाले गुनासो गर्नु भयो । स्थानीय बुढाका अनुसार आफ्नो छोरा काठमाण्डौँमा अध्यायन गर्न जाने तयारी रहेकाले पुस २२ गते पिछडिएको क्षेत्रको सिफारीस माग्न जाँदा गाउँपालिका कार्यालयमा ताला लगाएपछि रित्तै फर्कनु परेको हो ।

त्यस्तै सोही ठाउँका अर्का स्थानीय युवाराज भण्डारीका अनुसार गाउँपालिकाबाट परेको श्रीनगर खानेपानीको सम्झौता गर्ने भनेर गाउँपालिकामा जाँदा सम्झैता नभएरै फर्कनु परेको गुनसो गर्नु भयो ।

गाउँपालिका ताला बन्दीकै कारण दैनिक दिन गाउँपालिकाबाट हुने सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेको स्थानीय भण्डारीको भनाई छ ।

अन्य

भिडियो