१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गापा–२ लौनियाका १९ वर्षीय रोशनकुमार खंगलाई ०७९ पुस १९ गते साढे २ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायधीश हेमन्त रावलको इजलाशले अभियोग दावी पुग्ने फैसला गर्दै अभियुक्तलाई कैद सजायका साथै ३० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ ।
आरोपितले ०७५ साउन ४ गते राति बलात्कार गरेको भन्दै पीडितका ४० वर्षीया आमाले ०७५ साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडित सुतिरहेका बेला उनको घरमा प्रवेश गरी डरत्रास देखाई बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ साउन ७ गते भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले ०७५ साउन ११ गते उजुरी दर्ता गरेको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरुले थाहा पाई प्रहरीमा उजुरी गरेको आरोपितका अभिभावकले बताएका छन् ।
जिल्ला अदालतको आदेशमा आरोपितविरुद्ध कात्तिक २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएकोमा फेला नपरे पछि जिल्ला अदालतले ०७७ पुस २३ गते मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो । आरोपित फेला परेपछि अदालतबाट ०७८ वैशाख १३ गते मुल्तबीबाट जागेको मुद्दामा खंग पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७