INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपीत गिरफ्तार

७३ वर्षिया ज्येष्ठ नागरिकलाई ०७९ पुस २१ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २४ वर्षिय छोरालाई पुस २२ गते बिहान उनकै घरबाट गिरफ्तार गरेको छ ।

राती घरमा सुतिरहेको अवस्थामा आरोपितले आमालाई बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडितलाई स्वास्थ्य परिक्षणका लागि  पुस २२ गते दमौली अस्पताल पठाईएको इलाका  प्रहरी कार्यालय नारेश्वटारका इन्स्पेक्टर रमेश बिष्टले बताउनुभयो ।

अन्य

भिडियो