बलात्कार घटनाका फरार आरोपित कैलारी गाउँपालिका–३ का ३९ वर्षीय छोटेलाल चौधरीलाई प्रहरीले चार वर्षपछि पुस २० गत गिरफ्तार गरेको छ ।
२० वर्षीया युवटीलाई २०७६ फागुन ५ गते बलात्कार गरी फरार रहेका चौधरीलाई प्रहरीले पुस २० गते घरमा लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी पुस २१ गते जिल्ला अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खडकाले बताउनु भयो ।
२० वर्षीया युवतीलाई २०७६ फागुन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध ०७६ फागुन ६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलाशले ०७७ साउन १३ गते ६ वर्ष ११ महिना कैद सजायको फैसला गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण २०७६ फागुन ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।